असार ३२, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नियतवश नै डा. गोविन्द केसीको जीवनमाथि खेलवाड गरेको भन्दै सरकारलाई आरोप लगाएका छन् ।
सोमबार केसीको अनसन र मागहरुका विज्ञप्ति जारी गरी देउवाले डा. केसीको जीवनमा तलमाथी हुन सक्ने परिस्थितिको निर्माण सरकाले गरेको भन्दै गम्भीर आरोप लगाएका छन् ।
देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘अप्रिय घटना भएका खण्डमा सम्पूर्ण दोषको जिम्मेवारी सरकारको हुने मात्रै होइन, चिकित्सा शिक्षामा सुधारको अभियानका प्रति नै गम्भीर घात हुने चेतावनी समेत दिन चाहन्छु ।’
आफू नेतृत्वको सरकारले चिकित्सा शिक्षामा सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेश मार्फत जारी गरेको भन्दै देउवाले त्यो अध्यादेशकै हुवहु विधेयक प्रस्तुत गर्नु नै अहिलेको जटिलताको विवेकसम्मत हल भएको दावी गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्