Banner News

‘हनुमन्ते नदीको सफाई अभियान’ नदीको चौडाई २० मिटर कायम हुनुपर्छ : सांसद वस्नेत



(साउन ५, भक्तपुर) । हनुमन्ते नदीको २१ औं हप्ताको सफाई अभियानको क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्व उद्योग मन्त्री तथा सांसद महेश वस्नेतले हनुमन्ते तथा मनोहरा नदीको चौडाई नेपाल सरकारको नियम अनुसार २० मिटर कायम गर्नुपर्ने बताएका छन् ।

अविरल वर्षा र पहिरोका कारण भक्तपुरमा ठूलो धनजनको क्षती हुनुको मुख्य कारण नदीको दायाँ र वाँयाबाट चौडाई मिचिएकाले क्षती व्यहोर्नु परेको भन्दै सांसद वस्नेतले नदीको चौडाईलाई मापदण्ड अनुसार कायम गरी दायाँ वाँया करिडोर निमार्ण गर्नुपर्ने बताए । अवका दिनमा पनि यस्तो प्रकारको विपत्तीको अन्त्यको निम्ती आगमी पहिलो कार्य नै नदी व्यवस्थापन जसमा चौडाई, करिडोर तथा नदीले कट्टान गरेको ठाउँहरुमा तार जाली लगाई कट्टना हुन नदिने स्थायी उपाय सहित अघि वढ्ने बताएका छन् ।

वाढी र पहिरोमा परी भक्तपुरमा करिव १२ करोड वरावरको क्षती भएको भन्दै सांसद वस्नेतले क्षती भएका सामग्रीहरुको विमा गरिएको जतिलाई विमाबाट र विमा नगरिएको जतिलाई नेपाल सरकारबाट क्षतीपूर्तिको व्यवस्था गरिने वताए ।

त्यस्तै कार्यक्रममा नेपाल चलचित्र संघका संस्थापक अध्यक्ष तथा नायक रविन्द्र खड्काले नेपालको आर्थिक, पर्यटकिय, सांस्कृतिक, पौराणिाक विकासको निम्ती वातावरण स्वच्छ र सुन्दर भएमा मात्र नेपालको आर्थिक विकासको साथ साथै समृद्ध नेपाल निमार्ण गर्न सकिने बताउँदै आफु र आफ्नो संगठन जहिले पनि अभियानमा गर्नुपर्ने साथ र सहयोग गर्न तयार रहेको धारणा व्यक्त गरे ।

अभियानमा करिव २० टन फोहोरको व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । अभियान वर्षाको समय भएकाले नदीमा नभई राजमार्गमा सञ्चालन भईरहेको छ । आजको अभियान एसएस कलेजदेखि चारदोवाटोसम्म गरिएको छ ।

अभियानमा अभियानका संयोजक वाशुदेव थापा, सुर्यविनायक नगरपालिकाकी उपमेयर जुना वस्नेत, मध्यपुर ठिमी नगरपालिकाकी उपमेयर अञ्जना मुराकमी, नेकपा भक्तपुरका कार्यवहाक अध्यक्ष बचनसिंह देउजा, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।