साउन ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता महाधिवेशन २०७७ साल जेष्ठ ३ गते भित्रमा गरिने भएको छ ।
नेकपाले आफ्नो विधान तयार पार्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओलीलाई आन्तरिक बैठक र भेलाका लागि समान हैसियतमा अध्यक्षता गर्ने व्यवस्था पारित गरेको छ । यसवाट प्रधानमन्त्री तथा अध्यक्ष ओली थव वलियो वन्दै गएका छन् ।
विधानअनुसार नेकपाको तत्कालका लागि ८ वटा संरचना रहनेछ । त्यसअनुसार एकता एकताको राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च रहने छन् । तयार पारिएको विधानअनुसार २०७५ कात्तिकभित्र तल्लो तहसम्म पार्टी एकीकरण भइसक्नु पर्नेछ ।









प्रतिक्रिया दिनुहोस्