Banner News

राम-सीताको मन्दिरमा अध्यक्ष ओलीले गरे पूजा



काठमाडौँ, १६ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको अयोध्यापुरी पुगेर राम-सीता मन्दिरमा पूजा अर्चना गरेका छन् ।

१० औं महाधिवेशनस्थलको निरीक्षण गर्न पुगेका ओलीले अयोध्यापुरीमा बनेको राम(सीताको मन्दिर पुगेर पूजा गरेका हुन् । अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्न उनी चितवन पुगेका हुन् ।

गत वैशाख ८ गते यहाँ निर्माण भएको मन्दिरमा ती मूर्ति स्थापना गरिएको थियो ।