काठमाडौँ, १६ असोज । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सांस्कृतिक क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाजलाई तोड्न नहुने बताउनुभएको छ । विजया दशमीका अवसरमा हाँडीगाउँमा त्रिशक्ति युवा क्लबले बुधवार आयोजना गरेको दुर्गा पूजा समारोहमा उपप्रधानमन्त्री पोखरेलले कसैले पनि कसैको आस्था र विश्वासमा प्रहार गर्ने काम गर्न नहुने बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “मानिसको आस्था र…