काठमाडौँ, २ साउन । ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो निर्णयले नक्कली मोही खडा नभएको दाबी गरेका छन् । ललितानिवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिएको बयानमा पूर्वसचिव रहेका आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातले प्रधानमन्त्री माधवकुमार नेपाल र मुख्यसचिव माधव घिमिरेको निर्देशनमा आफूले निर्णय गरेको बताएका थिए । नेपालले भने…