काठमाडौँ, १८ असार । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विगतमा एक जना नायब सुब्बा सरुवाका लागि ३२ जनासम्म सांसद आफूकहाँ आएको बताउनुभएको छ । बुधबार संसदको राज्य व्यवस्था समितिमा संघीय निजामती विधेयकमाथिको छलफलमा बोल्दै उहाँले विगतको अनुभव भन्दै पण्डितले भन्नुभयो, ‘अहिलेको त म भन्दिन अघिल्लो पटक मन्त्री हुँदा एउटा नायब सुब्बालाई सरुवा गर्न ३२ जना…