सिन्धुली, १४ असार । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले सिन्धुली जिल्ला प्रशासन कार्यालय अगाडि रुख रोपेर राष्ट्रिय बृक्षारोपनको सुरुवात गरेका छन । शनिबार सिन्धुलीमा नेपाली सेनाको संयोजनमा भएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले रुख रोपेर उक्त अभियानको सुरुवात गरेका हुन । सिन्धुलीमा हरेक ब्यक्तिले एउटा रुख रोप्ने अभियान अघि बढेको छ । उपप्रम पोखरेलसँगै उहाँका स्वकीय उपसचिव…