लोकसेवाको विज्ञापन संविधानसम्मत, कर्मचारीमा नातावाद, कृपावाद चल्दैन : मन्त्री पण्डित

काठमाडौँ, ८ असार । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन संविधान तथा प्रचलित कानून बमोजिम भएको बताउँदै कर्मचारी सरुवा बढुवा, नियुक्ति, पदास्थापन लगायतका कार्यहरुमा नातावाद तथा कृपावाद नचल्ने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा लोकसेवाले स्थानीय तहका विभिन्न पदमा गरी ९ हजार १६१ जना…