विराटनगर, ५ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मानिसको मनोविज्ञानसँग जोडेर गरेको विकासले सार्थकता पाउने बताउनुभएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रदेशस्तरीय अन्तर्क्रिया गोष्ठी तथा समझदारी पत्रमा हस्तारक्षर कार्यक्रमको शनिबार उद्घाटन गर्दै मन्त्री विष्टले नेपाल अहिले पनि विकासको प्रारम्भिक अवस्थामा नै रहेको बताउनुभयो । उहाँले सिँचाइ, विद्युत् र सडकको विकास गरेर…