काठमाडौँ, ३० बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नर्सहरुको श्रम शोषण गर्ने अस्पतालहरुको विवरण सरकारलाई बुझाउन पनि पीडित नर्सहरुलाई आह्वान गरेका छन । आइतबार काठमाडौँमा अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री विष्टले श्रम शोषण गर्ने अस्पतालहरुको विवरण बुझाउन आह्वान गर्दै त्यस्ता अस्पतालहरुमाथि कडा कारबाही गर्ने चेतावनी समेत दिएका छन्…