काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले रगत बनाएर गणतन्त्र ल्याएको र फालिसकेको राजतन्त्रलाई धेरै नारा नलगाउन चेतावनी दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिगमनका कुनै सम्भावना नरहेको र नेपाली जनता यो सुन्न पनि तयार नभएको बताए । उनले भने, ‘यो गणतन्त्र रगत बगाएर ल्याएको हो, भिक्षामा पाइएको होइन, गाई कि त्रिशुल…