काठमाडौँ, ११ फागुन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ग्रामीण जनसमुदायमा बीमाको पहुँच न्यून भएको भन्दै द्रूतगतिमा पहुँच विस्तार गर्न राष्ट्रिय बीमा संस्थानलाई आग्रह गरेका छन् । शनिबार आयोजित राष्ट्रिय बीमा संस्थान स्थापनाको ५२औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले मुलुकको बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्दै समयानुकूल सेवाप्रवाहमा ध्यान केन्द्रित गर्न आग्रह…