भक्तपुर, १४ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालमा हुने गरेको महिला हिंसा तथा बलत्कार विकृत मानसिकताको उपज भएको भन्दै कुनै पनि अपराधी कानुनभन्दा माथि रहन नसक्ने बताउनुभएको छ । मानविय आस्था नेपालले शुक्रवार आयोजना गरेको लैङ्गिक हिसा विरूद्ध सरोकारवाला निकायहरूको भूमिका विषयक विचार गोष्ठि कार्यक्रममा बोल्दै…