राजनीतिमा प्रतिस्पर्धा, विकासमा ऐक्यवद्धता : उपप्रधानमन्त्री पोखरेल

भक्तपुर, ७ पौष । नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले समृद्ध नेपाल सुखी नेपाली बनाउन राजनीतिमा प्रतिस्पर्धा तथा विकासमा ऐक्यवद्धता हुनुपर्ने बताउनुभएको छ । आज भक्तपुर जिल्लाको अरनिको राजमार्ग सफाई अभियानको दोस्रो चरणको समापन तथा हनुमन्ते नदी सफाई अभियानको सामाजिक सेवा उद्घोष सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले आर्थिक विकास र समृद्धिको साथमा जनताको जीवनलाई…