स्वास्थ्यमन्त्रीलाई डाक्टरको राजीनामा पत्र (पत्र सहित)

काठमाडौं, ४ मंसिर । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै वीर अस्पताल, न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा. डा. ध्रुवराज अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले चाकडी र घुसको रकम पुर्‍याउन नसकेकाले राजीनामा दिएको उल्लेख गर्दै सोमबार मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् ।