भदौ ७, झापा । प्रधानमन्त्री केपी ओलीले सुकुम्वासी समस्या राष्ट्रिय समस्या भएकाले आगामी पाँच वर्षभित्र स्थायी समाधान गरिने बताएका छन् । पथरीशनिश्चरे–१ मा नेकपा पथरीशनिश्चरे नगरसमितिद्वारा बुधवार आयोजित बधाई, शुभकामना तथा बृहत् कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीले माध्यमिक शिक्षा अनिवार्य र निःशुल्क बनाउन सरकार दृढ…