काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क मा देखिएको असमझदारी हटाउन भारत र पाकिस्तानका सरकार प्रमुखहरुसँग छलफल गरेको बताउनुभएको छ । सार्कको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सार्कलाई प्रभावकारी क्षेत्रीय फोरमका विकास गर्दै अघि बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीसँग आग्रह गरेको जानकारी दिनुभयो…