दूत मार्ग समयमै सम्पन्न गर्न कार्यविधि पारित

काठमाडौँ, ८ असार । मन्त्रिपरिषद्को आजको बैठकले काठमाडौँ–तराई-मधेस जोड्ने दूत मार्ग फाष्ट ट्र्याक छिटो बनाउने सम्बन्धी कार्यविधि पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो कार्यविधि पारित गरेको अर्थमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । सो मार्ग सरकार आफैले बनाउने अघिल्लो सरकारको निर्णयबमोजिम नेपाली सेनालाई जिम्मा दिइएको थियो । यस्तै बैठकले…