स्वतन्त्र र सक्षम न्यायपालिका लोकतन्त्रको धरोहर सुशीला कार्की

काठमाडौँ, २६ वैशाख । पैसठ्ठीऔँ कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले आज आयोजना गरेको जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनुभएको छ । सर्वोच्च अदालत परिसरमा आयोजना भएको सो समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायलाई छिटोछरितो, गुणस्तरीय र प्रभावकारी बनाउन लागिरहेको बताउनुभयो । न्यायमा सर्वसाधरणको पहुँच बढाउन र वास्तविक अर्थमा कानुनको शासनलाई साकार…