काठमाडौँ, ७ साउन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने चेतावनी दिनुभएको छ । पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले गठबन्धनको डम्फू बजाउने काम छोडेर पार्टीको संगठन सदृढीकरणको काममा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । स्थानीय तह निर्वाचनमा पार्टीलाई सुदृढ…