पर्यटनमन्त्री आलेले नेपाललाई बुझाए राजीनामापत्र

काठमाडौँ, १२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामापत्र बुझाएको नेकपा (एकीकृत समाजवादी)का एक नेताले जानकारी दिए । आलेले पत्रकार सम्मेलन गरेर प्रगति विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन् । उनले शुक्रबार बसेको पोलिट्ब्युरो बैठकमा ४८ घण्टाभित्र राजीनामा बुझाउने बताएका थिए…