चार वर्षपछि दिल्लीसँग न्यानो संवाद: सीमा समस्याका लागि संयुक्त संयन्त्रको प्रस्ताव

काठमाडौँ, २० चैत । भारतको तीन दिने औपचारिक भ्रमणका लागि दिल्लीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गरेका छन् । हैदरावाद हाउसमा शनिबार करिब पौनै घन्टा लामो विशेष भेटवार्तामा दुवै सरकार प्रमुखहरू द्विपक्षीय सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाउन र सहकार्यलाई फराकिलो बनाउन सहमत भएका हुन् । नेपाल भारतबीच अल्झिएका विषयलाई आपसी…