काठमाडौँ, ५ असोज । सर्वोच्चको अन्तरिम आदेशका कारण विभिन्न पदमा लोकसेवा आयोगका विभिन्न चरणका परीक्षा पूरा गरेका करिब ३० हजार परीक्षार्थी तनावमा परेका छन् । २०७६ चैतयता आयोगले खुलाएका विज्ञापनमा विभिन्न चरणमा परीक्षा दिएका विद्यार्थीको परीक्षाको परिणाम स्थगित गरिएको छ । यसबाट परिणाम पर्खेर बसेका परीक्षार्थी अन्योलमा परेका हुन् । गत भदौ १५ गतेसम्म आयोगले खुलाएका…