वर्षात र बाढीबाट क्षतिग्रस्त भएका पुलहरुको प्रतिवेदन तयार गर्न ७ सदस्यीय कार्यदल गठन

काठमाडौँ, २१ असार । वर्षात र बाढीबाट क्षतिग्रस्त भएका प्रत्येक पुलहरुको विभागस्तरबाट एक महिनाभित्र प्रतिवेदन पेश गर्न सडक विभाग, पुल महाशाखाका उपमहानिर्देशक दिपक श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री वसन्तकुमार नेम्बाङ्गको उपस्थितिमा मन्त्रालयका सचिव, सहसचिवहरु लगायत सडक विभागका महानिर्देशक तथा अन्य पदाधिकारीहरु समेतको उपस्थितिमा मिति २०७८…