काठमाडौँ, १३ जेठ । जनता समाज पार्टी (जसपा) कार्यकारिणी समितिमा बहुमत पुर्याउन नसके राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ब्युँताउने रणनीतिमा महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष जुटेको छ । ठाकुर पक्षका नेताहरू सकेसम्म कार्यकारिणीमा बहुमत जुटाउन प्रयास गर्ने, नसके राजपा ब्युँताउने आन्तरिक तयारीमा जुटेका हुन् । कार्यकारिणीमा बहुमत जुटाउन सो पक्षले नेता अशोक राईसँग गम्भीर चरणको कुराकानी गर्ने…