काठमाडौँ, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गर्नुभएको छ । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको स्रोतको भनाइ छ । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो । मन्त्रीपरिषदको सिफारीसमा रास्ट्रपतिद्वारा जारी गरिएको अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा…