काठमाडौँ, १२ चैत । नेकपा एमालेको माधवकुमार नेपाल -झलनाथ खनाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ११ बजेका लागि तय भएको नेता युवराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार धेरै सदस्यहरु त जिल्लामा रहे पनि उपत्यकामा हुने जतिलाई खवर गरिएको हो । ज्ञवालीले बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताए…