काठमाडौँ, ९ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरुको नियमन आवश्यक रहेको बताएका छन् । आज सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २०औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामुदायिक रेडियोहरुको नियमन गर्नु आवश्यक रहेको औंल्याए । उनले भने, ‘सामाजिक रुपान्तरणको निम्तिभन्दा पनि राजनीतिक पार्टीको प्रतिस्पर्धाको निम्ति, राजनीतिक पार्टीहरुमा पनि व्यक्तिको…