राष्ट्रपति भण्डारीले लगाइन् कोरोना खोप

काठमाडौँ, २ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएकी छन् । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको खोप केन्द्रमा राष्ट्रपति भण्डारीले खोप लगाएकी हुन् । कोरोना खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले आफ्नै उमेर समूह पर्खिएर बसेकी तर बंगलादेश भ्रमणमा जानु पर्ने भएकाले खोप लगाएको बताइन् । उनले भनिन्, सबैले लगाईसकेपछि लगाउनुपर्ने…