काठमाडौँ, २१ कार्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कुनै पनि आयोजनाको जिम्मा लिएर प्रगति नभएको तथा सम्पर्कमा नआएका निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारवाही गर्नुपर्ने बताउनुभएको छ । कोभिड–१९ सङ्क्रमित हुनुभएका मन्त्री नेम्वाङ ‘होम आइसोलेशन’बाटै मन्त्रालयअन्तर्गतका सबै निकायको पहिलो त्रैमासिकको प्रगति विवरणबारे आयोजित भर्चुअल बैठकमा सहभागी हुँदै उहाँले निर्माण व्यावसायीलाई जिम्मेवार बनाउनुपर्नेमा जोठ दिनुभयो…