काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब(एसिड) पिडितहरूले माग गरेअनुरूप यस अमानवीय र जघन्य अपराधका दोषी माथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने उल्लेख गर्नुभएको छ । यस निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उहाँले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । उहाँले अपराधीको सम्पत्ती रोक्का गरी उपचार गर्ने र…