काठमाडौँ, १० भदौ । काठमाडौँ उपत्यकामा १७ गते मध्यरातसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा समितिको आज बसेको वैठकले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशअनुसार औषधि र खाद्यवस्तु खरिदबाहेक घरबाट बाहिर निस्कन नपाइने उल्लेख छ । काठमाडौँ जिल्लाभित्र प्रवेश गर्ने सवारी साधनमा पनि…