नेपालको नयाँ नक्साअनुसार अध्यावधिक गर्न संविधान संशोधन फास्ट ट्र्याकबाट

काठमाडौँ, १९ जेठ । संविधानको अनुसूचीमा रहेको निसान छापलाई नेपालको नयाँ नक्साअनुसार अध्यावधिक गर्न सरकारले संविधान संशोधन विधेयक छोटो विधि (फास्ट ट्र्याक)बाट पारित गर्ने तयारी गरेको छ । कोरोना संक्रमणको सम्भावित जोखिम र विधेयकप्रति कुनै पनि दलको विरोध नरहेका कारण छोटो प्रक्रियाबाट पारित गर्नुपर्ने प्रस्ताव सरकारले गरेको हो । भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र…