उच्चस्तरीय समितिको बैठक बस्दै : लकडाउनबारे छलफल हुने

काठमाडौँ, १३ वैशाख । लकडाउनलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्न कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक आज बस्दैछ । समितिको बैठक आज ११ बजे सिंहदरबारमा बोलाइएको हो । तेस्रो पल्ट थप गरिएको लकडाउनको समय वैशाख १५ गतरातिदेखि सकिने भएकाले उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको समिति बैठकले लकडाउन थप सम्बन्धी निर्णय गर्ने तयारी…