पावर चाइनाद्वारा ऊर्जा मन्त्रालयलाई ५ हजार मास्क सहयोग

काठमाडौँ, १८ चैत । ऊर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्रालयलाई चीनको पावर चाइना कम्पनीले ५ हजार थान सर्जिकल मास्क सहयोग गरेको छ । आज पावर चाइनाका प्रतिनिधि ली हाइयुआनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर ऊर्जा, जलश्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन अनन्तलाई मास्क हस्तान्तरण गरेका हुन् । पावर चाइना कम्पनीले उपलब्ध गराएको मास्क मन्त्रालयअन्तर्गतका नेपाल विद्युत प्राधिकरण र जल…