अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त गरेका छौं : प्रम ओली

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले समाज, राजनीति र शासनप्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको बिन्दूका रूपमा वर्तमान समय आइपुगेको बताउनुभएको छ । ७० औँ प्रजातन्त्र दिवसका अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकलाई गरिबीबाट सम्पन्नतातिर, पछौटेपनबाट विकासतिर,…