घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ९ जेठ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार ४ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेर २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।