काठमाडौँ, २१ असोज । सरकारले मुलुकको विकास र औद्योगिकीकरणका लागि प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्य लिए पनि भित्रिएको मात्रा भने अत्यन्त न्यून छ । विदेशी लगानीकर्ताले नेपालमाका लागि गरेको प्रतिबद्धताभन्दा न्यून लगानी मात्र आउने गरेको हो । पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा विदेशी लगानी प्रतिबद्धताको करिब ४४ प्रतिशत मात्र नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष…