सोलुखुम्बु, २३ वैशाख । सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर पुगेका ८६ वर्षीय मीनबहादुर शेरचनको निधन भएको छ । सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गराउन सगरमाथा आधार शिविर पुग्नुभएका शेरचनको आज साँझ ५ बजेर १४ मिनेटमा क्याम्पमै निधन भएको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । हृदयघातका कारण मृत्यु…