राजविराज, २१ असार । बिगत तीन÷चार दिनदेखि परेको अविरल वर्षा कारण आएको बाढीले सप्तरीका दर्जनौँ गाउँ जलमग्न भएका छन् । खाडो नदी, बिगुल, त्रियुगा, महुली र सुन्दरी लगायतका खोलामा बाढी आउँदा कंचनरुप नगरपालिका, तिरहुत गाउँपालिका, रुपनी गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, कृष्णासवरण गाउँपालिकालगायत दर्जनौँ गाउँका एक हजार ५०० भन्दाबढी घर डुबानमा परेका छन् । बाढीले हजारौं…