सोलुखुम्बु, १३ जेठ । गोमा एयरको ९ एन एक के वाई कल साइनको कार्गो विमान लुक्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको छ । केही बेरअघि विमान अवतरणका क्रममा रुखको हाँगामा ठोक्किएर विमान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख माधव बुढाथोकीले जानकारी दिनुभयो । बुढाथोकीका अनुसार दुर्घटनाग्रस्त विमानका चालक प्रकाशकुमार राई र सहचालक सुजन मानन्धर…