काठमाडौँ, २२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रम गर्नेलाई हेला गर्नु मुर्खता भएको भन्दै श्रमको सम्मान गर्ने समाजले मात्रै विकास गर्न सक्ने बताइन । अन्तर्राष्ट्रिय महिला दिवस २०७३ को सन्दर्भमा श्रम तथा रोजगारको क्षेत्रमा संलग्न महिला तथा किशोरीसँगको भेटघाट कार्यक्रममा राष्ट्रपतिले सबै चिजको रचना श्रमले नै गर्ने भएकाले यो महान् कार्य भएको टिप्पणी गरिन ।…