विराटनगर, २३ फागुन । ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मोरङ व्यापार संघको महिला उद्यम समितिले पारस मल्टी स्पेसियालिटी हस्पिटलसँगको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विराटनगर–१६ स्थित दरैया बस्तीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय जनाको स्थानीयको स्वास्थ्य परीक्षण भएको संघले जनाएको छ । उनीहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । …