अस्पतालका शौचालय : बस्न हैन,पस्नै गाह्रो

काठमाडौँ, ४ वैशाख । वीर अस्पतालको आकस्मिक कक्षपछाडिको शौचालयमा शौचालयको ढोका अगाडिबाटै ह्वास्सै गन्ध आउँछ, पस्नै कठिन छ । जसोतसो भित्र पसे शौच गर्ने समयसम्म टिक्न मुस्किल पर्छ । पिसाब फेर्ने प्यानमै खैनी, परागजस्ता पदार्थ खाएर थुकेको हुन्छ । शौचालयको एउटा ढोका कुहिएको छ, अर्को खुलै रहन्छ । दिसा गर्ने प्यानको माथितिर फोहोरै फोहोर हुन्छ ।…