Banner News

चुनावको मिति तत्काल घोषणा गर्न अधिकारकर्मीहरुको माइतीघर मण्डलामा जनदबाब



काठमाण्डौ,७ फागुन । सरकारले तत्काल निर्वाचनको मिति घोषणा नगर्न हो भने जेठमा पनि निर्वाचन नहुने खतरा बढेर गए पछि निर्वाचन घोषणा गर्न सरकारलाई चौतर्फिरुपमा ददाव पर्दै आएको छ ।

सरकारले घोषणा गर्न भन्ने तर आलटाल गर्दै पो जान थालेको होकि भन्ने व्यवहारमा देखिन थालेको छ । त्यसैले सरकारलाई चुनावको मिति घोषणा गर्न दवाव दिने उद्देश्यले माईतीघर मण्डलामा मानवअधिकारकर्मीहरुले सरकारलाई तत्काल निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका हुन् ।

उनीहरुले अव निर्वाचनको मिति घोषणा नगर्न हो भन्ने निवाृचन निर्धारित समयभित्र हुननसक्ने भएकाले तत्काल निर्वाचन घोषणा गर्न आग्रह गरेका हुन् । अधिकारकर्मीहरुले सरकारले निर्वाचन गर्न ढिलाई गरे यस्तो कार्यक्रम देशव्यापीरुपमा गर्न वताए ।