असार २०, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यष केपी ओलीले सरकारी कर्मचारी विदेश भ्रमणको विवरण तीन दिन भित्र पढाउन सम्बन्धीत मन्त्रालयलाई पत्रचार गरी निर्देशन दिएका छन् ।
सरकारी पदाधिकारीको वैदेशिक भ्रमणलाई उपयोगी, नतिजामूलक, मितव्ययी, पारदर्शी र व्यवस्थित बनाउन वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ लाई प्रभावकारी कार्यान्वयन गराउन विवरण माग गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । सचिवालयले २०७५ वैशाख १ गतेदेखि हालसम्मको विदेश भ्रमणको पठाउन मन्त्रालयहरूलाई पत्राचार गरेको छ । सचिवालयले पठाएको पत्रमा विदेश भ्रमण गरिएको देश, मिति, कर्मचारीको संख्यासहित भ्रमणको प्रयोजन तथा कार्यक्रम र त्यसमा भएको खर्चलगायत विवरण पठाउन निर्देशन दिइएको छ ।
देशको अािर्थक वृद्धिदरलाई वृद्धि गरी खर्चलाई घटाउने उद्देश्यका साथ विदेश भ्रमण राष्ट्रको आवश्यकता र हितमा भन्दा पनि व्यक्तिगत इन्ट्रेस्ट तथा स्वार्थका लागि राज्यको ढुकुटी खर्च हुँदै गएको भन्दै त्यसलाई व्यवस्थित गर्न प्रधानमन्त्रीले चालेको अभियान सफल बनाउन फलोअप सुरु भएको सचिवालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्