साउन ४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शार्म ओलीले वर्तमान संविधान आवश्यकता र औचित्यको आधारमा संशोधन हुने भएकाले संशोधनको मुद्धालाई अल्झन बनाएर नवस्न आग्रह गरेका छन् ।
बिहीबार साँझ संविधान संशोधनलगायतका माग लिएरु प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन राजपाका अध्यक्ष मण्डलका संंयोजक महन्थ ठाकुर लगायतका नेताहरुसँग प्रधानमन्त्री निवास बालुवाटार भएको कुराकानीमा प्रम ओलीले संविधानमा देखिएका त्रुटिहरुमा छलफल गर्न तयार भएको बताउदै यहि बिषयमा मात्र अल्झेर नबस्न आग्रह गरे । तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गरी देश विकासमा लाग्न आग्रह गरेका छन् ।
राजपा नेपालका कतिपय माग असान्दर्भिक भएकाले त्यसलाई पुर्नविचार गर्न आग्रह गरेका छन् । तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदिका लागि वृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका हुन् । तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
अघिल्लो सरकारले अघि सारेको जनता आवास कार्यक्रम प्रभावकारी नभएकाले त्यसको साटो तराईमा पनि एकिकृत वस्तीको बसाउने सरकारको योजना रहेको प्रधानमन्त्रीले नेताहरुलाई जानकारी गराएका थिए ।
छलफलमा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राययादव, राजकिशोर यादव र केशव झा सहभागी थिए ।










प्रतिक्रिया दिनुहोस्