Banner News

संघर्षको मैदान अरुले मात्रै देखेका छैनन, हामीले पनि देखेका छौ : प्रधानमन्त्री ओली



काठमाडौ, ८ साउन । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसलाई बुर्का फालेर मैदानमा उत्रन चुनौती दिएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार आयोजित एक कार्यक्रममा ओलीले भने ‘हामी लोकतान्त्रिक गणतन्त्रको पक्षमा छौँ, कांग्रेसले राजतन्त्रको पक्षमा छौँ भनेर बुर्का खोलेर बोलोस । बुझे हुन्छ नेपाल अव राजतन्त्रात्मक हुँदैन । बुर्का फालेर आए हु्न्छ मैदानमा, लोकतन्त्रको रक्षाका लागि नेपाली जनता उभिन्छन, त्यसको नेतृत्व नेकपाले गर्छ । संघर्षको मैदान अरुले मात्रै देखेका छैनन, हामीले पनि देखेका छौँ ।’

जनविरोधी, अग्रगमनलाई अस्वीकार गर्ने, जनताले प्राप्त गरेका उपलब्धी समाप्त पार्ने कुनै पनि प्रयासलाई नियन्त्रण गर्ने पनि उनले जनाए । ओलीले कांग्रेसलाई चुनावबाट नेकपा सरकारलाई अपदस्त गर्न चुनौती समेत दिए । उनले भने ‘सरकार अपदस्त गर्न मज्जाले पाइन्छ । त्यसको मार्ग छ । हामीले कांग्रेसलाई अपदस्त गरेकै हो तर चुनावबाट । चुनावमा आउनुहोस्, लोकतान्त्रिक, विधि, प्रक्रियाबाट जाऔँ । हामी कांग्रेसलाई लोकतान्त्रिक विधि र व्यवहारमा चुनौती गर्न चाहन्छौँ ।’

राजनीति र बलिदानी बुझेरै सरकारले काम गरेको उनको जिकिर थियो । ‘हामीले सवै कुरा राजनीति नबुझि गरेका छैनौँ, बलिदान नबुझी गरेका छैनौँ । कांग्रेसले खोजेको लोकतान्त्रिक प्रणाली हो कि होइन, लोकतान्त्रिक मुल्य मान्यता हो कि होइन । लोकतान्त्रिक व्यवस्था हो कि होइन रु’ ओलीले भने ‘कतिपय ठाउँमा कांग्रेस बस्त्र उतारेर उत्रिएको छ । कतिपय ठाउँमा बुर्का हालेर बोलिरहेको छ । सामन्ती राजसंस्थासम्म फर्कने विचार कांग्रेसमा छ । सिधै भन्न नसकेर बेलाबेलामा बेबी किङको कुरा गर्छ । सामान्ती राजसंस्था मान्न सक्ने तर जनताले छानेको शासन मान्न नसक्ने विचार प्रतिक्रियावादी नभएर के हो रु’

सरकाले कामलाई कुन्ठित मनसायले कांग्रेसले विरोध गरेको ओलीले आरोप छ । ‘विकास निर्माण गछौँ रेल ल्याउछौँ पानी जहाँज चलाउँछौँ भन्दा किन आपत्ति गर्नु पर्‍यो ’ ओलीले भने, ‘यसरी सरकारले विकास गर्छु भन्दा विरोध गर्ने हो भने भोलिका पुस्ताले किन पहिला विरोध गरेको बाजे बज्यै भनेर सोध्लान नि ?