Banner News

मन्त्री भट्टराईको निर्देशन : काम नगर्ने कर्मचारीले राजीनामा दिनुस्, नत्र म हटाउँछु



काठमाडौँ, ४ मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजनीतिक नियुक्ति लिएर आएकाहरुलाई राजीनामा दिन निर्देशन दिनुभएको छ ।

बुधबार मन्त्रालय मातहतका विभिन्न कार्यालय प्रमुखहरुलाई बोलाएर मन्त्री भट्टराईले सन्तोषजनक प्रगति नभएका कार्यालय प्रमुखहरु परिवर्तन गर्न लागिएको जानकारी दिँदै काम गर्न नसक्नेले तत्काल राजिनामा दिएर बस्न आग्रह गर्दै नदिए नभए आफूले हटाउने भन्दै उहाँले अदालत नजान आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘कामको आधारमा हटाउँदा अदालत गएर नरुनुहोला ।’ उहाँले काम नगर्ने र विवादित कर्मचारीलाई विदेश जान रोक लगाउन पनि निर्देशन दिनुभएको छ ।